Comments Add Comment

फेसबुकबाट टिकट बुकिङ गर्नेको घरमा पुग्दै अशिष्मा

ashisma-and-pradip-dance
भुकम्प गएपछि यसबाट प्रत्यक्ष रुपमा पीडित बनेका चलचित्र प्राविधिकहरुको सहयोगार्थ असार १ गते चलचित्र ‘अधकट्टी’को च्यारेटी शो हुँदैछ । यसका लागि काठमाण्डौको कुमारी हलका २ वटा पर्दामा दर्शकले चलचित्र हेर्न सक्नेछन् ।

चलचित्रको टिकट विक्रीका लागि नायिका अशिष्मा नकर्मीले नयाँ तरिका अपनाइन् । उनले आफूलाई फेसबुकमा सम्पर्क गरेर टिकट लिनेका लागि घरमै पुर्‍याउन जाने बताइन् । यसबाट उत्साहित भएर कैयौले उनीसँग फेसबुकमा सम्पर्क गरेर टिकट वुकिङ गरेका छन् ।

अशिष्माले अनलाइनखबरलाई दिएको जानकारी अनुसार चिनेका थुप्रै साथीहरुले उनीसँग टिकट लिइसकेका छन् । त्यसमध्ये फेसबुकबाट आजसम्म करिब नचिनेका ९ जनाले टिकट वुकिङ गरेको उनले बताइन् ।

उनले भनिन्-‘मैले सबैको नम्बर र ठेगाना लिएकी छु । आज वा भोलीसम्म सबैलाई पायक पर्ने स्थानमा टिकट पुर्‍याउँछु ।’ उनले आफूलाई बज्रचार्य र प्रधानले बढी सम्पर्क गरेको पनि बताइन् । एक जनाले कम्तीमा पनि २ वटा टिकट वुक गरेको उनले बताइन् । एक जनाले विदेशबाट फोन गरेर परिवारका लागि सरप्राइज दिदै टिकट बुक पनि गरेको उनले बताइन् । तर, कतिपयले फोन नम्बर लिनका लागि मात्र सम्पर्क गरेको उनको भनाई छ ।

प्राविधिकहरुका लागि च्यारेटी भएकाले पनि प्रदिप उदय निर्मित र सुव्रत आचार्य निर्देशित यो चलचित्रको टिकट दर १५ सय तोकिएको छ । जसका कारण पनि कतिपयले महंगो भएको भन्दै टिकट नलिएको अशिष्माको अनुभव छ ।

अशिष्मा नकर्मी, रिस्ता बस्नेत, प्रदिप बाँस्तोला, विल्सन विक्रम राई, गौरव पहारी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र पूर्ण रुपमा कमेडी जनरामा निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment