Comments Add Comment

जन्मदिनमा आँचल भन्छिन्–‘कमजोरी सुधार्छु’

नायिका आँचल शर्माले आज आफ्नो २२ औं जन्मदिन मनाएकी छिन् । चलचित्र ‘दाल भात तरकारी’ टिमसँग उनले जन्मदिन मनाएकी हुन् । जन्मदिन मनाउने क्रममा केही भावूक देखिएकी नायिका शर्माले मह संचार र किरण केसीको टिम आफ्नै टिम भएको बताइन् । आँचलले चलचित्र क्षेत्र आफ्नो दोश्रो घर भएको बताइन् । यस्तै, उनले जन्मदिनमा आफू मानव आश्रम, स्नेही काख लगायतका संस्थामा गएर आफूले सक्दो सहयोग गरेको सुनाइन् । तर, चलचित्रको टिम र पत्रकारसँग जन्मदिन मनाउँदा आफू सबैभन्दा उत्साहित भएको उनले सुनाइन् ।

जन्मदिनमा तपाइले आफ्नो कमजोरी केही सुधार्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्–‘मैले हरिबंश बा र किरण दाइलाई सधै नै सोधेको हुन्छु, तर उहाँहरुले कहिले पनि मलाई कमजोरी केही छैन भन्नुहुन्छ । तर, यदि मबाट कमजोरी भएको खण्डमा आगामी दिनमा सच्याउँदै लैजान्छु ।’

आँचललाई चलचित्र ‘दाल भात तरकारी’का निर्माता तथा कलाकार हरिवंश आचार्य, निर्माता तथा कलाकार किरण केसीले शुभकामना दिए । उनीहरुले आँचल आफूहरुका लागि ‘छोरी’ भएको सुनाए । चलचित्र ‘दाल भात तरकारी’ वैशाखको  २० गतेबाट रिलिज हुँदैछ ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment