+
+
Shares

रिलिज पूर्वसन्ध्यामा ‘दुखी आत्मा’को प्रिमियर (तस्वीर)

प्रेम दिवसको अवसरमा शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मले प्रेमको भाषालाई कविताको माध्यमबाट रोचक ढंगले प्रस्तुत गरेको छ । समाजमा पुरुषले लुकाएर राखेको यौन समस्यालाई खुलेर भन्न सकेको खण्डमा उपचार सम्भव रहेको कुरा पनि फिल्मले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते १२:४१

काठमाडौं । फिल्म ‘दुखी आत्मा’लाई रिलिजको पूर्वसन्ध्यामा प्रिमियर गरिएको छ । आइएनआईको ल्होत्से मलस्थित हलमा आयोजित समारोहमा फिल्मले भिन्न तर रोचक प्रतिक्रिया प्राप्त गर्‍यो ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म प्रिमियरमा फिल्मीकर्मीसहित विभिन्न क्षेत्रका व्यक्ति सहभागि रहे । हिमाल कडरियाको निर्माण तथा सुदिप ढकाल कार्यकारी निर्माता फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, रेअर राईको अभिनय छ ।

प्रिमियरपछि प्रतिक्रिया दिँदै अधिकांशले फिल्मले युवापुस्तालाई हलसम्म तान्ने बताए । फिल्मले ‘इडी’ रोग लागेका व्यक्तिको कथालाई प्रस्तुत गर्छ । फिल्म हेर्न नवीन सुब्बा, ज्ञानेन्द्र देउजा, सुयोग गुरुङ, दीपाश्री निरौला, उषा रजक, कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेल, मोडल उषा उप्रेती लगायत हल पुगेका थिए ।

ट्रेलर र टिजर सार्वजनिक भएपछि धेरैले यसलाई एडल्ट कथावस्तुमा बनेको फिल्म भनेर बुझेका थिए । तर, फिल्म हेरेपछि अधिकांशले यसको कथावस्तु, प्रस्तुति, संवाद, कलाकारको अभिनयको प्रशंसा गरे ।

प्रेम दिवसको अवसरमा शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मले प्रेमको भाषालाई कविताको माध्यमबाट रोचक ढंगले प्रस्तुत गरेको छ । समाजमा पुरुषले लुकाएर राखेको यौन समस्यालाई खुलेर भन्न सकेको खण्डमा उपचार सम्भव रहेको कुरा पनि फिल्मले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?