News Summary
Generated by OK AI. Editorially reviewed.- ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’ को छायांकन ६३ औं दिनमा टुंगिएको छ र सम्पादन कार्य सुरु हुँदैछ।
- फिल्मको छायांकन काभ्रेको पनौतीबाट सुरु भएर काठमाडौं, भक्तपुर, तनहुँ लगायत विभिन्न स्थानमा गरिएको छ।
- फिल्म २०८३ सालको दशैंमा रिलिज हुने अपेक्षा गरिएको छ र यसमा सरोज खनाल, आर्यन सिग्देल, केकी अधिकारी लगायत कलाकारको अभिनय छ।
काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’ को छायांकन टुंगिएको छ । ६३ औं दिनमा छायांकन इन्ड-क्ल्याप भएको निर्देशक देउजाले जानकारी दिए ।
बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको हो । ६० दिनको सेड्युलमा गत मंसिरमा छायांकन निर्माण टिमले निर्धारित समयभन्दा तीन दिन बढि समय लागेको छ ।
पहिलो भागको सफलतालाई कायमै राख्न र दोस्रो भागलाई अझै उत्कृष्ट बनाउन कुनै सम्झौता नगरी खिचेकाले एउटा राम्रो फिल्म दर्शकले हेर्न पाउने विश्वास निर्देशक देउजाको छ ।

२०८३ सालको दशैंमा रिलिज हुने अपेक्षा गरिएको फिल्मको सम्पादन कार्य सुरु हुँदैछ । काभ्रेको पनौतीबाट छायांकन सुरु भएको फिल्मको त्यसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँको बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र छायांकन गरिएको हो ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रू नेपालको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुषको अभिनय छ ।

पटकथा परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन् । रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत, मित्रदेव गुरुङको सम्पादन रहने फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर र चन्द्र भण्डारी मुख्य सहायक निर्देशक अनि पासाङ शेर्पा र मानिक पाख्रिन कला निर्देशकमा छन् ।
विष्णु कल्पित घिमिरेको छायांकन रहेको फिल्मको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा छन् ।
प्रतिक्रिया 4