+
+
Shares

आँचल शर्माको ‘एक मुठ्ठी बादल’ ले कथावस्तुबारे के दर्शाउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १५:३६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काइ’ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ जसले पारिवारिक कथामा केन्द्रित रहेको देखाउँछ।
  • पोस्टरमा आँचल शर्मा केन्द्रमा छन् र निशा शर्मा, उषा रजकसँग तीन महिलाबीचको सम्बन्ध संकेत गरिएको छ।
  • सहारा शर्माले लेखेको फिल्म जेठ १ गते नेपालभर प्रदर्शनमा आउनेछ र आरआर फिल्म्सले वितरण गर्नेछ।

काठमाडौं । आँचल शर्मा अभिनित फिल्म ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काइ’ ले आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले सबै पात्रलाई चिनाउँदै पारिवारिक कथामा केन्द्रित रहेको संकेत गर्छ ।

पोस्टरको केन्द्रमा आँचल शर्मा छिन् भने उनको वरिपरि परिवारका सदस्य बसेका छन् । घर भित्र सजिएको अवस्थामा रहेका उनीहरुको लवाइले कसैलाई स्वागत गर्न पर्खेझैँ देखिन्छ । पोस्टरले त्यो क्षण समात्छ, जब पाहुना आउनुअघि सबैजना तयार भएर बसिरहेका हुन्छन् । तर पाहुनाले घरभित्र पस्दा, उनीहरूले मात्र घर होइन, घरभित्रका कुराकानी र मौनता पनि देख्छन् ।

पोस्टरको अग्रभागमा कलाकार निशा शर्मा र शेखर चापागाईं छन् । पृष्ठभागमा सहयोग अधिकारी, गौरव विष्ट र अस्मिता गौतम उभिएका छन् । उनीहरुको बसाइले तीनै जना परिवारको हिस्सा नभएको संकेत गर्छ । भीमा मैनेली, उषा रजक, मनीष निरौला र अविरलप्रताप अधिकारी मिलेर एउटा यस्तो परिवार बनेको देखिन्छ, जहाँ उनीहरुको सम्बन्ध त नजिक छ तर भित्र धेरै कुरा नबोली राखिएका छन् ।

सार्वजनिक पोस्टरमा भने निशा शर्मा, आँचल शर्मा र उषा रजकलाई मात्र स्थान दिइएको छ । यसमा पनि आँचललाई केन्द्रमा राखिएको छ । निशा र उषाका उत्सुक आँखाले आँचललाई नै हेरिरहेका छन् । यसले तीन महिलाबीचको सम्बन्धलाई संकेत गरेको छ ।

सहारा शर्मा लिखित तथा निर्देशित यस फिल्मका मुख्य निर्माता अभिमन्यु दीक्षित हुन् । निर्मातामा सारा फाजिलात, सामीप्यराज तिमल्सेना, अनुप पौडेल छन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन् ।

छायांकन लिन्ह डान गुयेन फान, प्रोडक्सन डिजाइन यशस्वी सभरवाल, सम्पादन गौरवकुमार मल्लिक, सम्पादन सल्लाहकार दीपा भाटिया, भेषभूषा जानकी कडायत, मेकअप कीर्ति जोशी, कला निर्देशन अग्रणी ठकुरी झा र पोस्ट–प्रोडक्सन सुपरभिजन आश्मा गौतमले सम्हालेका छन् ।

गांैथली इन्टरटेनमेन्ट, मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सह–निर्माणमा बनेको यो फिल्म नेपालभर जेठ १ (मे १५) बाट प्रदर्शनमा आउनेछ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?