+
+
Shares

आँचल शर्मा अभिनित ‘एक मुठ्ठी बादल’ १ जेठमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कथानक फिल्म ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ को प्रदर्शन मिति जेठ १ गते तय गरिएको छ।
  • फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले निर्माण गरेका हुन् र नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।
  • सहारा शर्माको निर्देशनमा बनेको यो फिल्मले तीन पुस्तादेखिको भावनात्मक उतारचढाव र परिवारका सदस्यबीचको अपेक्षा प्रस्तुत गर्छ।

काठमाडौँ । कथानक फिल्म ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरेको हो ।

लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने चलचित्रले द्रुत गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबीचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा प्रस्तुत गर्नेछ ।

फिल्ममा सहारा शर्माको लेखन तथा निर्देशन छ । अमेरिकाको न्युयोर्क बस्दै आएकी उनले यसअघि ‘चेजिङ रेन्बोज’ शीर्षकको फिल्म निर्देशन गरेकी थिइन् जुन चलचित्र सन् २०१३ मा भएको काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलको ओपनिङ चलचित्र थियो ।

फिक्सन फिचरका साथ महोत्सवको उद्घाटन गर्ने सबैभन्दा कान्छी महिला निर्देशक बनेकी सहाराले यही महोत्सवको नेपाली पनोरोमा तर्फको शीर्ष पुरस्कार पनि जितेकी थिइन् ।

‘एक मुठ्ठी बादल’ले पनि थुप्रै अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ । युरोपियन पोस्ट–प्रोडक्सन ग्रान्ट ह्युबर्ट बल्स फन्ड प्राप्त गर्ने महिला निर्देशक निर्देशित पहिलो नेपाली फिल्मको रुपमा इतिहासमा नाम लेखाएको छ ।

योबाहेक विश्वका प्रतिष्ठित ल्याबसँग सहकार्यको अवसर पाएको थियो । २०२१ मा निर्माता अभिमन्यु दीक्षितले भारतको एनएफडीसी फिल्म बजारमा रोटरेड्याम ल्याब अवार्ड प्राप्त गरेका थिए ।

फ्रान्सको कान्स फिल्म फेस्टिभलमा मार्चे डु फिल्मसँग सम्बन्धित कार्यक्रम, स्विट्जरल्याण्डको लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी र बंगलादेशको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा सहभागिता जनाएको थियो ।

यो फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल छन् ।

जर्मनीमा बसोबास गर्ने फाजिलातले आफ्नो कम्पनी थर्ड कल्चर किड्स मार्फत् युरोप र एसियाभरि अन्तर्राष्ट्रिय स्तरमा केन्द्रित फिल्म र उदीयमान चलचित्र निर्मातालाई सहयोग गर्दै आएकी छिन् ।

फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीको अभिनय छ ।

आँचलले माइली चरित्रको रुपमा केन्द्रीय भूमिका निर्वाह गरेकी छिन् भने अनुभवी अभिनेत्री निशा तीन दशकभन्दा बढी समयपछि फिल्मको अभिनयमा फर्किएकी छिन् । उषा रजक आँचलको दिदीको भूमिकामा रहेकी छिन् ।

निर्माणमा अन्तर्राष्ट्रिय चलचित्रकर्मीको पनि सहभागिता छ । छायांकन भियतनामकी लिन्ह डान गुयेन फानले गरेकी हुन्, जसले फिचर फिल्म छायांकन गर्ने पहिलो भियतनामी महिलाको रूपमा इतिहास रचेकी थिइन् र यो उनको सातौं फिचर फिल्म हो ।

प्रडक्सन डिजाइन भारतकी यशस्वी सभरवालले गरेकी हुन्, जसको ‘अल वि इम्याजिन एज लाइट’को कामले कान्समा ग्रान्ड प्रिक्स जितमा योगदान पुर्‍याएको थियो । सम्पादन भारतीय सम्पादक दीपा भाटियाद्वारा गरिएको हो, जो ‘तारे जमिन पर’मा आफ्नो कामको लागि अन्तर्राष्ट्रिय रूपमा परिचित छिन् । कलर ग्रेडिङ थाइल्यान्डको ह्वाइट लाइटले गरेको हो ।

नेपालबाट फिल्मका विधागत प्रमुखमा अग्रणी ठकुरी झा (कला), जानकी कडायत (भेषभूषा डिजाइन), कीर्ति जोशी (मेकअप) समावेश छन् । ‘ची मुसी ची’ फिल्मकी निर्देशक मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?