
काठमाडौं । टिजर र ब्रेकअप कविताको कारण चर्चामा रहेको फिल्म ‘दुःखी आत्मा’को नयाँ गीतको छायांकन गरिएको छ । भक्तपुर दरबार स्क्वायर परिसरमा यो फिल्मको एक रोमान्टिक गीतको छायांकन गरिएको हो ।
यो गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मालाई फिचर्ड गरिएको छ । केही दिनमै गीतको भिडियो सार्वजनिक गर्ने निर्माताको तयारी छ ।
फागुन २ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । गीतको भिडियोलाई रामजी लामिछानेले नृत्य निर्देशन गरेका हुन् । गीतमा केतन क्षेत्रीको संगीत, ईश्वर कार्कीको शब्द तथा कम्पोज छ ।
टिजर सार्वजनिक भएसँगै ‘जुनार’ प्रयोग गरिएको संवाद निकै हिट छ । आलोक शुक्लाको छायांकन रहेको यो फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । सुदीप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ ।
सामाजिक सञ्जाल टिकटकमा यो फिल्मको ‘ब्रेकअप कविता’ भाइरल भइरहेको छ । फिल्ममा अनुपविक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।
तस्वीरहरु
प्रतिक्रिया 4