Comments Add Comment

मौसमले प्रधानमन्त्री र एमाले अध्यक्षलाई काठमाडौंमै रोक्यो

२९ जेठ, काठमाडौं । ताप्लेजुङमा भिषण पहिरोबाट भएको जनधनको क्षति अवलोकन तथा राहत तथा उद्दारको लागि छलफल गर्न प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली ताप्लेजुङ जाने कार्यक्रम रद्द भएको छ ।

मौसमको खराबीका कारण हेलिकोप्टर जाने अवस्था नभएकाले ताप्लेजुङ जाने कार्यक्रम स्थगित भएको ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए । मौसम सफा हुनासाथ त्यसतर्फ जाने योजना रहेको उनले बताए ।

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष ओली र प्रधान सेनापति गौरव शमसेर जबराको टोली पहिरो प्रभावित क्षेत्रमा जाने कार्यक्रम तय भएको थियो ।

यसैबीच राष्ट्रपति रामवरण यादव भूकम्पले तहसनहस भएको रामेछाप जादैछन् । राष्ट्रपतिले सदरमुकाम मन्थलीमा राहत तथा पुनर्स्थापनाका कार्यक्रमको जानकारी लिनेछन् ।

राष्ट्रपति यादव रामेछापकै उत्तरी विकट गाविस दुरागाउमा समेत जाने कार्यक्रम रहेको सुरक्षा स्रोतलाई उधृत गर्दै अनलाइनखबरकर्मी नवराज पथिकले जानकारी दिए । दुरागाउँ रामेछाप जिल्लामै भूकम्पबाट सबैभन्दा बढि मानवीय र भौतिक क्षति भएको गाविस हो । दुरागाउँका आधा बस्ति भूकम्पले चिरा चिरा पारेकाले उच्च जोखिममा छन् ।

राष्ट्रपति यादवले दुरागाउँको क्षति अवलोकन गर्नुका साथै स्थानीय जनतासँग भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
राष्ट्रपति शुक्रवारै ओखलढुंगा पनि जाने कार्यक्रम तय भएको थियो । तर पूर्वी नेपालको मौसम खराब भएका कारण ओखलढुंगाको कार्यक्रम अन्यौलमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment