+
+

श्रमको मूल्य खोज्दै पत्रकार महासंघको आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १ गते १०:४२

१ असार, काठमाडौं । श्रमको मूल्य र न्युनतम पारिश्रमिकको सम्मान र श्रमजिवी पत्रकार ऐन कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ संघर्षमा उत्रिएको छ । महासंघ केन्द्रीय कार्य समितिकै आह्वानमा पत्रकारहरु तलब नदिने सन्चारगृहमा धर्ना बसेका हुन् ।

 हिमालय टेलिभिजनको कार्यालयमा धर्ना बसेका पत्रकार तथा महासंघका पदाधिकारी : तस्वीर नेत्र पन्थि
हिमालय टेलिभिजनको कार्यालयमा धर्ना बसेका पत्रकार तथा महासंघका पदाधिकारी । तस्वीर : नेत्र पन्थी

पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टकै नेतृत्वमा पत्रकारहरु मंगलवार हिमालय टेलिभिजनको कार्यालयमा धर्ना बसेका छन् । हिमालय टिभीमा दुई घण्टा धर्ना पछि एभिन्युज टेलिभिजनमा धर्ना दिने कार्यक्रम रहेको महासंघका सचिव ध्रुव लम्सालले जानकारी दिए ।

पत्रकारहरुलाई काम लगाएर महिनौंसम्म तलब नदिने, न्युनतम पारिश्रमिक लागु नगर्ने र श्रमजीवी पत्रकार ऐन अनुसार व्यवहार नगर्ने सन्चारगृह विरुद्ध आन्दोलन घोषणा गरिएको केन्द्रीय सदस्य पवनवर्षा शाहले बताइन् ।

धर्नामा प्रेस चौतारी, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, नेपाल अार्थिक पत्रकार समाज, महासंघका नेताहरु पनि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?