Comments Add Comment

असार महिनामै संविधान बन्ने खनालको दाबी

Jhalanath Khanal

  • झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा एमाले । फाइल तस्वीर

३ असार, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले असार महिना भित्रै नयाँ संविधान जारी हुने दाबी गरेका छन् । ७ बर्षपछि राजनीतिक दलहरु एकै ठाउँमा आएकाले अब संविधान बनेरै छाड्ने उनले बताए ।

विहीबार भक्तपुरमा सन्चारकर्मीसँग कुरा गर्दै खनालले भने, ‘अझै पनि बाधाहरु छन्, अड्चनहरु छन् । तर हामी जुन ठाउँमा आएका छौं त्यसबाट अब साँच्चिकै संविधान बन्छ ।’

१६ बुँदे सहमतिले नयाँ संविधान जारी हुने वातावरण बनेको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले संविधान निर्माण गर्नुनै अहिलेको मुख्य कार्यभार भएको भन्दै संविधान बन्दैन की भनेर अब कसैले पनि शंका गर्नुनपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment