Comments Add Comment

पत्रकारलाई ज्यान मार्ने धम्कि दिने नायकलाई बहिस्कार गरिने

sudarsan-thapaकाठमाडौं । पत्रकार श्यामसुन्दर गिरीलाई ज्यान मार्ने धम्कि दिने हिम्मतवालीका नायक सुदर्शन गौतम बिरुद्ध चलचित्रपत्रकार संघले खेद ब्यक्त गरेको छ ।

समाचार लेखेकै कारण धम्क्याउन नपाईने भन्दै संघले गौतमलाई माफी माग्न १५ दिनको अल्टीमेटम दिएको छ । उनले माफी नमागेमा वहिस्कार गर्ने संघले जनाएको छ ।

‘भूकम्प पिडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार’ शिर्षकमा एक अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर गौतमले पत्रकार गिरीलाई मारेर चोभारमा फाल्ने धम्की दिएका थिए ।press-bigypati-chalchitra-p

पटक-पकट अपशब्द बोलेका गौतमले गिरीलाई चलचित्र पत्रकार संघको सदस्यवाट समेतबाट निस्काशन गरीदिने धम्की दिएका थिए ।
अडियो सुन्नका लागि यहाँ हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment