Comments Add Comment

सधै चर्चामा सविन र अनुको जोडी

sabin-and-anu
हुनत, रंगिन बजारमा प्रवेश गरेपछि प्रेम, विछोड, मित्रताका चर्चा सामान्य हुन् । कलाकारहरु यस्ता खालका चर्चाबाट टाढा भाग्न सक्दैनन् ।

विश्वका जुनसुकै चलचित्र बजारमा पनि यस्ता खालका चर्चा सामान्य मानिन्छ । नेपाली चलचित्र बजारमा पनि केही कलाकार छन्, जो प्रेम, विछोडका चर्चाबाट टाढा छैनन् ।

नायक सविन श्रेष्ठ र नायिका अनु शाहको जोडी पनि प्रेमको चर्चाबाट टाढा देखिएको छैन । चलचित्र ‘आधी बाटो’को छायांकनका क्रममा त यो जोडीको प्रेम चर्चा उत्कर्षमा नै पुगेको थियो । तर, यी दुइले आफूहरुविच साथीको मात्र सम्बन्ध भएको बताउँदै आएका छन् ।

अहिले अनु र सविन एकसाथ चलचित्र ‘लक्ष्य’मा काम गरिरहेका छन् । यो चलचित्रमा एकसाथ देखिएपछि फेरि चलचित्र बजारमा यी दुइको चर्चा हुनु स्वभाविक नै हो ।

चलचित्रमा नायिका अनु शाह पत्रकारको भूमिकामा देखिएकी छिन् । सविनसँग काम गर्दा रमाइलो भैरहेको अनुभव अनुको छ । भूकम्पपछि अधिकांश कलाकार चलचित्र छायांकन नभएर खाली बस्दै गर्दा यी दुई भने एकपछि अर्को चलचित्रमा व्यस्त देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment