Comments Add Comment

बाराका वन कार्यालय प्रमुखसहित ३ जना घुससहित पक्राउ

१५ चैत, काठमाडौं । बाराका डिभिजन वन कार्यालयका प्रमुख (डिभिजन वन अधिकृत) शिवशंकर ठाकुरसहित ३ जना घुससहित पक्राउ परेका छन् ।

सिमरास्थित कार्यालयबाट कार्यालयप्रमुख ठाकुर, सहायक वन अधिकृत गौरीशंकर प्रसाद केसरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारी पनि घुससहित पक्राउ परेका छन् ।

कवाडी मालसामानसम्बन्धी ठेक्का स्वीकृत गर्न सेवाग्राहीसँग घुस रकम माग गरेको सूचना पाएपछि पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको टोलीले उनीहरुलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

कार्यालय प्रमुख ठाकुर र सहायक वन अधिकृत केसरी २५ हजार र कार्यालय सहयोगी अधिकारी ९० हजार घुस लिइसकेको अवस्थामा पक्राउ परेका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment