News Summary
Generated by OK AI. Editorially reviewed.- निद्रा कमी हुँदा इन्सुलिन संवेदनशीलता, तनाव, शारीरिक गतिविधि र भोक नियन्त्रण प्रभावित भई तौल बढ्ने जोखिम रहन्छ।
जब हामीलाई निद्राको कमी हुन्छ, समान्य अवस्था भन्दा फरक अनुभव गर्छौं । आलस्यता महसुस गर्छौं, काम गर्न जाँगर चल्दैन, कुनै कुरामा ध्यान केन्द्रित गर्न कठिन हुन्छ, शरीर गल्छ ।
निद्रा पुग्ने गरी सुत्न नपाउँदा हाम्रा दैनिक गतिविधिहरूमा बाधा पुगिरहेको हुन्छ । यति मात्रै नभएर यदि हाम्रो पर्याप्त निद्रा पुगेन भने हाम्रो शरीरको तौल बढ्ने जोमिख पनि उत्तिकै रहन्छ । जसको जीवनशैली निस्क्रिय छ, यसमा यो समस्या अझ बढी हुनु सन्छ ।
किन त्यसो हुन्छ त ?
इन्सुलिन संवेदनशीलता प्रभावित हुनु
लगातार निद्रा कमी हुँदा शरीरको ग्लुकोज व्यवस्थापन गर्ने तरिका बिग्रिन सक्छ । यसो हुँदा तौल नियन्त्रणलाई कठिन बनाउन सक्छ।
तनाव वृद्धि
अपर्याप्त निद्राले तनावसम्बन्धी प्रक्रियालाई प्रभावित गर्छ, जसले भोक र खानपानमा थप असर पार्न सक्छ ।
शारीरिक गतिविधिमा कमी
निद्रा नपुग्दा दिनभरि थकान हुने भएकाले हिँडडुल वा व्यायाम कम हुन सक्छ । त्यसो हुँदा निस्क्रियताका कारण शरीरको तौल बढ्छ ।
भोक बढ्न सक्छ
निद्रा कम हुँदा तौल बढ्नुका मुख्य कारण हर्मोन, भोक, खानाको छनोट र शरीरको ऊर्जा व्यवस्थापनमा हुने परिवर्तन हुन् । निद्रा कम हुँदा घ्रेलिन (भोक बढाउने हर्मोन) बढ्न र लेप्टिन (पेट भरिएको संकेत दिने हर्मोन) घट्न सक्छ। त्यसैले सामान्यभन्दा बढी खान मन लाग्छ ।
गुलियो र चिल्लो खाने इच्छा बढ्छ
थकान र मस्तिष्कको ऊर्जा मागका कारण उच्च क्यालोरी भएका खाना रोज्ने सम्भावना बढ्छ।
राति खाने सम्भावना बढ्छ
ढिलोसम्म जागा बस्दा अनावश्यक स्न्याक्स वा अतिरिक्त खाना खाने समय पनि बढ्छ । त्यसैले निद्रा कम हुँदैमा आफैं शरीरमा बोसो बन्ने होइन तर निद्रा कमी हुँदा धेरै खाने, कम चल्ने र शरीरको मेटाबोलिज्म परिवर्तन हुने कारणले लामो समयसम्म निद्राको कमी हुँदा तौल बढ्ने जोखिम हुन्छ ।
सामान्यतया वयस्कका लागि दैनिक ७ देखि ९ घण्टाको निद्रा आवश्यक हुन्छ । पर्याप्त निद्राले तौल बढ्ने जोखिम मात्र कम गर्दैन, मुटु रोग र मधुमेह जस्ता रोगहरूको जोखिम पनि कम गर्छ ।
प्रतिक्रिया 4