Comments Add Comment

‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज, अनमोल र सुहानाको यस्तो केमेष्ट्री

प्राविधिक कारणले बुधबार सार्वजनिक हुन नसकेको चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक भएको छ । युटुबमा सार्वजनिक भएको ट्रेलरलाई कमर्सियल बनाइएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु नायक अनमोल केसी, नव–नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, अर्पण थापा, रेअर राई लगायतलाई देखाइएको छ ।

सार्वजनिक भएको चलचित्रको ट्रेलरमा नायक अनमोल केसीको २ फरक गेटअप देख्न सकिन्छ । एकातिर अनमोललाई सोझो यूवाको भूमिकामा देखाइएको छ भने अर्कोतिर उनलाई स्टार गायकको भूमिकामा देखाइएको छ । नायिका सुहाना थापालाई भने अनमोलको फ्यानको रुपमा देखाइएको छ । सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । संजय लामाले यो चलचित्र खिचेका हुन् ।

चैत्र २९ गतेबाट रिलिज हुने चलचित्रको ‘परान र जिन्दगी नै भन्दिनँ’ बोलको गीत चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment