News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता अनमोल केसीले अमेरिका भ्रमणका क्रममा आफूले सङ्कलन गरेका विश्वकप फुटबलका अविस्मरणीय अनुभवहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
- उनले फुटबल आफ्नो लागि केवल खेल नभएर हजारौं अपरिचित समर्थकसँगै उत्सव मनाउने जीवनभर सम्झिरहने विशेष अनुभव भएको उल्लेख गरेका छन्।
- अर्जेन्टिनाले चौथो विश्वकप उपाधि जितोस् भन्ने कामना गर्दै उनले फाइनल खेल भने परिवार र साथीहरूसँग घरमै बसेर हेर्ने बताएका छन्।
काठमाडौं । फिफा विश्वकप हेर्न अभिनेता अनमोल केसी अहिले अमेरिकामा छन् । गएराति अर्जेन्टिना र इङ्ल्यान्डबीच दोस्रो सेमिफाइनल खेल भयो ।
लगत्तै, केसीले सामाजिक सञ्जालमार्फत विश्वकप यात्रा र अर्जेन्टिनाप्रति आफ्नो समर्थनबारे मर्मस्पर्शी सन्देश सार्वजनिक गरेका छन् । एउटा मात्र खेल हेर्ने सोच बनाएर अमेरिका गएको जनाउँदै उनले समयसँगै एउटा खेल चार खेलमा परिणत भएको र एउटा स्टेडियमबाट यात्रा चार फरक सहरसम्म पुगेको उनले बताएका छन् ।
उनका अनुसार नेपालबाट टेक्सास, वासिङ्टन, मियामी, भर्जिनिया, शिकागो, कान्सास, मेरिल्यान्ड र एटलान्टासम्मको यात्राका क्रममा उनले उडानको संख्या गन्न छाडेर जीवनभर सम्झिरहने क्षणहरू संकलन गर्न थाले ।
उनले यात्राको क्रममा फुटबल आफ्नो लागि खेलभन्दा धेरै ठूलो अनुभव बनेको उल्लेख गरेका छन् । हजारौं अपरिचित समर्थकसँगै प्रत्येक नाराबाजी, प्रत्येक गोल र प्रत्येक उत्सवले आफूलाई त्यहीँको एक हिस्सा भएको अनुभूति दिलाएको उनले लेखेका छन् ।
अनमोलले आफ्नो उपस्थितिले खेलमा कुनै परिवर्तन नल्याएको हुन सक्ने भए पनि आफ्नो मनमा भने त्यसले विशेष अर्थ राखेको महसुस भएको बताएका छन् ।

उनले विश्वकपको फाइनल प्रत्यक्ष रूपमा रंगशालामा बसेर हेर्ने इच्छा भए पनि त्यो सम्भव नभएको उल्लेख गर्दै परिवार र साथीहरूसँग घरमै बसेर फाइनल हेर्न चाहेको बताएका छन् । साथै, अर्जेन्टिनाले चौथो विश्वकप उपाधि जितेको हेर्न आफूले आशा गरेको पनि उनले व्यक्त गरेका छन् ।
अनमोलले अर्जेन्टिनाले फाइनल जितेन भने पनि त्यसले आफ्नो अनुभूतिमा कुनै फरक नपर्ने बताएका छन् । आफूले प्रत्यक्ष हेरेका प्रत्येक खेलमा अर्जेन्टिना विजयी भएको र ती अनुभवले जीवनभरका लागि सम्झना दिएको उल्लेख गर्दै त्यसका लागि खर्च गरेको हरेक पैसा सार्थक भएको उनले बताएका छन् ।
सन्देशको अन्त्यमा उनले अर्जेन्टिनाप्रति समर्थन जनाउँदै ‘भामोस’ लेखेका छन् ।
प्रतिक्रिया 4