+
+
Shares

अनमोलले साइन गरे ‘जेरी : द लास्ट क्लाइम्ब’, पटकथा लेख्दैछन् ब्रजेश

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १२:१६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता अनमोल केसी २०८२ सालको हिट फिल्म ‘जेरी अन टप’ को दोस्रो श्रृंखलामा देखिने पक्का भएको छ।
  • बुधबार बिहान अनमोल र निर्माताबीच ‘जेरी : द लास्ट क्लाइम्ब’ शीर्षकको फिल्ममा लिखित सम्झौता भएको छ।
  • फिल्मको पटकथा ब्रजेश खनालले लेख्दैछन् र अन्य कलाकारहरू अझै निश्चित भएका छैनन्।

काठमाडौं । अभिनेता अनमोल केसी २०८२ सालको उनको हिट फिल्म ‘जेरी अन टप’ को दोस्रो श्रृंखलामा देखिने पक्का भएको छ । निर्माण स्रोतका अनुसार बुधबार बिहान अनमोल र निर्माताबीच यो फिल्मलाई लिएर लिखित सम्झौता भएको छ ।

फिल्मको शीर्षक तय छ- जेरी : द लास्ट क्लाइम्ब ।

यो फिल्ममा अनमोलबाहेक अन्य कलाकार निश्चित भैसकेका छैनन् । आँचल शर्मा र जसिता गुरुङ श्रृंखलामा दाहोरिने वा नदोहोरिने निश्चित नभैसकेको स्रोतले जनायो । ‘यो फिल्ममा अनमोल मात्र फाइनल हुनुभएको छ । अरु चाहिँ कन्फर्म भैसक्या छैन’ स्रोतले भन्यो । निर्देशन चाहिँ सुयोग गुरुङले नै गर्नेछन् ।

फिल्मको पटकथा ब्रजेश खनालले लेखिरहेका छन् । ब्रजेशले सामाजिक संजालबाट काकु र भतिजाको नयाँ सहकार्य भन्दै फोटो सेयर गरेका छन् ।

ब्रजेश लेख्छन्, ‘काकु र भतिजाको फेरि एउटा नयाँ सिनेमाको लागि सहकार्य हुँदैछ । विस्तृत जानकारी समयमा निर्माण पक्षले गर्ने नै छन् । नयाँ वर्षमा शुरू भएको यस चलचित्रले सफलताका नयाँ मानकहरू कायम गर्ने विश्वास छ ।’

अबको दुई-तीन महिना पटकथा लेखन सकिने जनाइएको छ । अनमोल अहिले ‘बाटुलो जुन’मा ब्यस्त छन् । २२ बैशाखमा यो फिल्मको सुटिङ सकिएपछि उनी सम्भवतः ‘ए मेरो हजुर’ को नयाँ सिक्वेलमा ब्यस्त हुनेछन् ।

त्यसपछि ‘जेरी’को नयाँ श्रृंखलाको काम अघि बढ्ने बुझिएको छ । ‘जेरी अन टप’ अनमोलको करिअरको सबैभन्दा धेरै कमाउने फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?