News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता अनमोल केसीले ४ फिल्मसहितको लाइनअप घोषणा गरेका छन् जसमा 'जेरी : द लास्ट क्लाइम्ब' पनि छ।
- अनमोलसँग सनराइज पिक्चर्सको 'बाटुलो जून', सुहाना इन्टरटेनमेन्टको 'ए मेरो हजुर ५', र एप्पल इन्टरटेनमेन्टको 'बिफोर वी मेट' छन्।
- अनमोलले सामाजिक सञ्जालमा यी फिल्महरू आफ्नो पाइपलाइन पूरा भएको र दर्शकका लागि समर्पित भएको बताएका छन्।
काठमाडौं । अभिनेता अनमोल केसीले ४ फिल्मसहितको लाइनअप घोषणा गरेका छन् । बुधबार बिहान उनले अनन्या फिल्म्सको आगामी फिल्म ‘जेरी : द लास्ट क्लाइम्ब’ साइन गरेका थिए ।
त्यसअघि नै उनीसँग सनराइज पिक्चर्ससँगको ‘बाटुलो जून’, सुहाना इन्टरटेनमेन्टसँगको ‘ए मेरो हजुर ५’, एप्पल इन्टरटेनमेन्टसँगको ‘बिफोर वी मेट’को सूची छ ।
एप्पल इन्टरटेनमेन्टले निर्माण गर्न लागेको ‘बिफोर वी मेट’ जेनजी दर्शकलाई लक्षित गर्दै बनाउन लागिएको रोम–कम फिल्म हो ।
सामाजिक सञ्जालबाट उनले आफूसँग ४ फिल्म लाइनअपमा रहेको खुलाएका हुन् । ‘वास्तविकरुपमा अर्थपूर्ण लाग्ने कथासँग आबद्ध हुन पाएकोमा ब्रम्हाण्डसँग कृतज्ञ छु’ अनमोल लेख्छन्, ‘पाइपलाइन अहिलेलाई पूरा भएको छ ।’
यी निर्माता र ब्यानरसँग काम गर्ने मौका पाउन लागेकोमा उनले खुसी ब्यक्त गरेका छन् । ‘संसारभर छरिएका मेरा दर्शकका लागि यी फिल्म समर्पित छन्’ अनमोल लेख्छन्, ‘तपाईंहरूको प्रेम मेरो सशक्तता हो । आउनूस एकसाथ इतिहास बनाऔं ।’
अनमोल अभिनित पछिल्ला दुई फिल्महरू फर्की फर्की र जेरी अन टप दुवै हिट भए । २०८२ सालमा रिलिज भएको सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’ अनमोलको करिअरमा सर्वाधिक कमाउने फिल्म हो ।
प्रतिक्रिया 4