+
+
Shares

मेस्सीको खेल हेर्न अमेरिका जाँदैछन् अनमोल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १४:०७

काठमाडौँ । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न आज अमेरिका जाँदैछन् । आउँदो आइतबार हुने अर्जेन्टिना र जोर्डनबीचको खेललाई रंगशालामै पुगेर हेर्ने उनको तयारी छ ।

अनलाइनखबरसँग कुरा गर्दै अनमोलले आफू एक्लै अमेरिका जान लागेको बताए । अर्जेन्टाइन स्टार लियोनल मेसीका प्रशंसक समेत रहेका अनमोलले मिलेसम्म अन्य खेल पनि हेर्ने बताए ।

अर्जेन्टिनाले आइतबार बिहान ७ बजेर ४५ मिनेटमा जोर्डको सामना गर्दैछ । यो खेल टेक्सासको ड्यालस रंगशालामा खेलिँदैछ । ड्यालस नेपाली समुदायको उच्च बसोबास रहेको थलो हो ।

‘मेरो परिवार म्याराडोनाको प्रशंसक थियो । मेरो पुस्तामा म चाहिँ मेस्सीको प्रशंसक हुँ’ अनमोलले भने, ‘पहिल्यै देखि नै स्टेडियममै गएर म्याच हेर्ने योजना थियो । सोहीअनुसार जान लागेको हुँ ।’ सकेसम्म आफू क्वार्टरफाइनल चरणसम्मका खेलसम्म अमेरिकामै हुने अनमोलले बताए ।

केही दिनअघि अनमोलले ‘बाटुलो जून’ फिल्मको छायांकन सकेका छन् । झन्डै २० दिन अमेरिकामा बसेर अनमोल स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?