News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता अनमोल केसी विश्वकप फुटबलको खेल हेर्न अमेरिकाको टेक्सास पुग्नुभएको छ।
- उनले रंगशालामा अर्जेन्टिना र जोर्डनबीचको खेल हेर्दै लियोनल मेस्सीको समर्थनमा हुटिङ गरेका छन्।
- बीस दिन अमेरिकामा रहने अनमोलले फर्केपछि फिल्म 'ए मेरो हजुर ५' को छायांकन सुरु गर्ने बताएका छन्।
काठमाडौं । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न अहिले अमेरिका पुगेका छन् । नेपाली समयानुसार आज बिहान भएको अर्जेन्टिना र जोर्डनबीचको खेल हेर्न अनमोल टेक्सासको ड्यालसस्थित रंगशालामा पुगेका थिए ।
उनले रंगशालामा रमाउँदै गरेका फोटो र भिडियो सोसल मिडियामा सेयर गरेका छन् । एक भिडियोमा लियोनल मेस्सीले मैदानमा खेल्दै गरेको देख्न सकिन्छ ।
बाल्यकालदेखि नै मेस्सीका प्रशंसक रहेका अनमोल आफ्नो फेभरेट टिम र खेलाडी मेस्सीको पक्षमा हुटिङ समेत गरे । अमेरिका जानुअघि अनलाइनखबरसँग कुरा गर्दै अनमोलले मिलेसम्म क्वार्टरफाइनलका अन्य खेल हेर्ने पनि बताएका थिए ।
२० दिन त्यहाँ बस्ने अनमोलले अमेरिका जानुअघि ‘बाटुलो जून’को छायांकन सकेका थिए । फर्किएपछि ‘ए मेरो हजुर ५’ को छायांकन थाल्ने तयारी छ । रोचक के छ भने, अनमोलले आफू अभिनित फिल्म ‘क्याप्टेन’मा फुटबल खेलाडीको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया 4