Comments Add Comment

पटक-पटक तताएर खानेकुरा खानुहुन्छ ? होसियार, फुड प्वाइजनिङ हुनसक्छ

Potatoes
खाना पकाएको लामो समय भैसकेपछि चिसो भएका कारण होस् वा बँचेखुसेको खाना पुनः खाँदा होस् हामीले खानेकुरालाई तताएर खाने गर्छौँ । कहिलेकाहीँ ठूलो परिमाणमा पकाएको खाना धेरै जनाले फरक फरक समयमा खानुपर्दा धेरै पटक तताउनुपर्ने हुन्छ । घरमा बिहान पकाएको खाना धेरै हुँदा दिउसो र बेलुकी सम्म पनि खाने र त्यसो गर्दा पटक पटक तताउने गरिन्छ । तर विज्ञहरुका अनुसार पटक पटक खाना तताएर खानु हानिकारक हुन्छ ।

खानालाई धेरै पटक तताउँदा त्यसमा भएको पोषक तत्व नष्ट हुन्छ । यतिमात्र होइन, आलु, कुखुराको मासु, अण्डा लगायतका कतिपय खानेकुराहरुलाई पटक पटक तताउँदा ती खानेकुराको तत्वहरुमा रासायनिक प्रतिक्रिया भएर बदलिन्छ ।

विज्ञहरुका अनुसार धेरैपटक खानेकुरा तताउँदा पटक पटकको रासायनिक प्रतिक्रियाका कारण हानिकारक तथा विषाक्त पदार्थ समेत सिर्जना हुने र अर्थात् फुड प्वाइजनिङको खतरा पनि हुन्छ । यी खानेकुराहरु पकाइसकेपछि धेरैपटक तताउनु हानिकारक हुन्छः

पालुंगोको साग- पालुंगो लगायतका सागपातमा नाइट्रेट रसायन हुन्छ, जुन पटक पटक तताउँदा विषाक्त पदार्थमा परिणत हुन्छ ।

अण्डा- उच्च तापक्रममा पटक पटक अण्डा तताउँदा अण्डामा भएको प्रोटिनको रासायनिक परिवर्तन भई विषाक्त पदार्थको निर्माण हुने जोखिम हुन्छ । त्यसकारण एकपटक उमालिसकेको वा अम्लेट बनाइसकेको अण्डालाई फेरि फेरि नतताउनुहोस् ।

च्याउ- च्याउको तरकारी सधै ताजा मात्र सेवन गर्नुहोस् । बासी वा पकाएको लामो समय भएर पुनः तताएको च्याउ नखानुहोस् । च्याउ निकै संवेदनशील तरकारी हो । च्याउलाई पटक पटक तताउँदा यसमा भएको उच्च मात्राको प्रोटिन हानिकारक पदार्थमा बदलिन सक्छ ।

कुखुराको मासु- मानिसहरु कुखुराको मासुलाई फ्राइ गरेर राख्ने र तताउँदै खाँदै गर्न रुचाउँछन् । तर यसो गर्नु हानिकारक हुनसक्छ । किनकी कुखुराको मासुमा प्रोटिनको मात्रा उच्च हुन्छ । जुन चिसो भैसकेपछि फेरि तताउँदा विषाक्त पदार्थमा बदलिन सक्छ ।

आलु-आलु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर यदि पकाएको आलुको परिकारलाई लामो समयसम्म फ्रिजमा राखेर फेरि तताएर नखानुहोस् । यसो गर्दा आलुमा हानिकारक रासायनिक प्रतिक्रिया भई आलुमा भएको तत्व विषाक्त पदार्थमा परिणत हुने जोखिम रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment