Comments Add Comment

जनमत संग्रहको प्रस्तावमाथि छलफल गर्न कमल थापाको माग

१६ असार, काठमाडौं । राप्रपा नेपालले नयाँ संविधानको एकीकृत मस्यौदा पेश गर्नु अघि नै जनमत संग्रहको प्रस्तावमा छलफल गर्न माग गरेको छ ।

फाइल फोटो
फाइल फोटो

संविधानको बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नौ महिना अघि नै दर्ता भएको जनमत संग्रहसम्वन्धी आफ्नो प्रस्तावमाथि छलफल गर्न माग गरे ।

राप्रपा नेपालले राजतन्त्र, धर्मनिरपेक्षता, संघीयताबारे जनमत संग्रह गर्न माग गर्दै आएको छ । आफूहरुको प्रस्तावबारे संविधानसभाले गर्ने निर्णय स्वीकार्य हुने उनले बताए ।

थापाले सर्वोच्च अदालतले हालै दिएको आदेशबारे निक्र्योल गर्न समेत माग गरेका छन् । संविधान बनाउने अधिकार संविधानसभाको भएपनि सर्वोच्चले आदेश दिइसकेकाले त्यसलाई वेवास्ता गर्दै अघि बढे लोकतन्त्रलाई नै आघात पुग्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment