Comments Add Comment

जसले जे भने पनि मतलव छैनः सन्नी

sunneyमुम्बई । सन्नी लियोनीले आफुलाई ‘बेमतलब केटी’ भनेर टिप्पणी गर्ने राखी सावन्त र सेलिना जेट्लीले जे भने पनि कुनै फरक नपर्ने बताएकी छिन् । आफु राम्रो कामका लागि बलिउड प्रवेश गरेको धारणा राख्दै सन्नीले भनिन् ‘मेरो वारेमा कसले के भन्छ ध्यान दिन्न । आफ्नो काममा सक्रिय हुन्छु ।’

रियालिटी सो ‘एमटीभी स्पिलट्सविला ८’ को उद्घाटन कार्यमा सहभागी सन्नीलाई संवाददाताले राखी र सेलिनाको टिप्पणीको विषयमा प्रश्न गरेका थिए । विभिन्न सन्दर्भमा सेलिनाले सन्नीलाई सोमत नभएकी, गैर जिम्मेवार केटी भनेर टिप्पणी गरेकी थिईन् ।

बलिउडका धेरै कलाकार सभ्य भएको धारणा राख्नै सन्नीले आफ्नो वारेमा जसले जे भने समस्या नपर्ने बताईन् । ‘मेरो वारेमा के टिप्पणी गर्छन् त्यो मेरो समस्या होईन । उनीहरुको समस्या हो ।’ उनले भनिन् ।

केही महिना अघि राखीले सन्नीको कारण बलिउड हिरोईनहरु छोटो कपडा लगाउन वाध्य भएको भन्दै सन्नीलाई भारतवाटै निकाल्नुपर्ने टिप्पणी गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment