Comments Add Comment

हिन्दु राष्ट्र माग्दै काठमाडौंमा राप्रपा नेपालको र्‍याली

rpp nepal (2)

कविन अधिकारी

११ साउन, काठमाडौं । नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै राप्रपा नेपालले काठमाडौंमा र्‍याली निकालेको छ ।

संविधान मस्यौदामा सुझाव संकलनको विरोध गर्दा राप्रपा नेपालका नेता-कार्यकर्तामाथि सरकारले गरेको दमन र धर्मनिरपेक्षताको विरोध गर्दै र्‍याली निकालिएको राप्रपा नेपालले जनाएको छ ।

rpp nepal (4)

भद्रकालीबाट निकालिएको विरोध र्‍याली भृकुटीमण्डप, पुतलीसडक घण्टाघर हुँदै रत्नपार्क पुगेर टुंगिएको थियो । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको र्‍यालीमा सहभागीहरुले पार्टीको झण्डा, ब्यानर र प्लेकार्ड बोकेका थिए ।

ब्यानर र प्लेकार्डमा ‘नेपाललाई हिन्दु राष्ट्र घोषणा गर’, ‘धर्म निरपेक्षता खारेज गर’, ‘धर्म परिवर्तन बन्द गर’ लगायतका नारा लेखिएका थिए ।

राप्रपा नेपाल हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ ।

हिन्दु राष्ट्र नेपालको पनि प्रदर्शन

hindu rasta (3)

नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै सोमबार नै बिभिन्न धार्मिक संस्थाहरुको सहभागितामा हिन्दु राष्ट्र नेपाल नामक संस्थाले काठमाडौंमा प्रदर्शन गरेको छ ।

बबरमहलबाट नयाँबानेश्वरसम्म निकालिएको र्‍यालीमा स्वामी कमल नयानाचार्यलगायतका सहभागी थिए ।


hindu rasta (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment