Comments Add Comment

लेलेका भूकम्पपीडितलाई ‘बाकसको घर’

१४ साउन, भक्तपुर । एसओएस बालग्राम नेपालले लेले गाविस–८ लप्से तामाङबस्तीका १०० भूकम्पपीडित परिवारका बालबालिकालाई घरमा आवश्यक पर्ने सम्पूर्ण सामग्री  रहेको ‘बाकसको घर’ प्रदान गरेको छ ।

दुई बालबालिका तथा उनीहरुका बाबुआमाले प्रयोग गर्न आवश्यक पर्ने खाद्यान्न, भाँडाकुँडा, झुल, छाता, सिरकडसना, तकियालगायत सामग्री रहेको टिनको बाकस १०० परिवारलाई प्रदान गरिएको हो । ती सामानको प्रतिघर ४० हजार बराबरको मूल्य पर्छ ।

एसओएस बालग्राम अन्तर्राष्ट्रिय, एसिया क्षेत्रका निर्देशक शुभा मूर्ति तथा एसओएस बालग्रामका राष्ट्रिय निर्देशक श्रीशङ्कर प्रधानाङ्गले भूकम्पपछि बालबालिकालाई उनीहरुकै बाबुआमासँग बस्ने वातावरण कायम राख्न ती सामग्री उपहार दिइएको बताए ।

एसओएस बालग्रामले भक्तपुरको चाँगुनारायण र पोखरेल गाउँ, दोलखाको लाँकुरीडाँडा, सिन्धुपाल्चोकको भीमटारर  साँगाचोक, काभ्रेपलाञ्चोकको रयाले र काठमाडौँको साँखुका एक हजारभन्दा बढी परिवारलाई पनि यसै महिना बाकस उपहार दिने सहायक राष्ट्रिय निर्देशक रमेशकुमार ताम्राकारले जानकारी दिए ।

एसओएस अन्तर्राष्ट्रिय बालग्रामका अध्यक्ष सिद्धार्थ कौलले भूकम्प प्रभावित क्षेत्रमा ३००  घर बनाउन रु एक अर्ब २५ करोड लगानी गर्ने घोषणा गरा छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment