Comments Add Comment

हिन्दु राष्ट्रबारे मतदान गर्नु पर्ने कमल थापाको माग अस्वीकृत

Kamal-thapa1

२८ भदौ, काठमाडौं । संविधानसभाले हिन्दु राष्ट्र हुनु पर्ने माग गर्दै आफूले राखेको संशोधन प्रस्तावबारे मतदान गर्नु पर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको माग अस्वीकृत गरेको छ ।

राप्रपा नेपालले राखेको संशोधन ध्वनीमतले अस्वीकृत गरेको थियो । लगतै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मत विभाजनको माग गरे ।

लगतै सभाध्यक्षले नियमावली अनुसार मत विभाजनका लागि कुल १० प्रतिशत अर्थात ६१ सभासद आवश्यक पर्ने बताए । मतविभाजनको मागको पक्षमा रहेका सभासदहरुलाई उभिन आग्रह गरे ।

तर, जम्मा २१ सभासद मात्र उभिएका थिए । राप्रपा नेपालले अखण्ड नेपाल पार्टीका सभासद कुमार खडकाको मात्र समर्थन रहृयो । आवश्यक समर्थन नपुगेपछि सभाध्यक्ष नेम्वाङले थापाको माग बमोजिम मत विभाजन हुन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment