Comments Add Comment

सिंचाइ र पशु कार्यालयमा ‘मधेस सरकार’ लेखियो

madhesh-sarkar,-Biratnagar

ध्रुव भट्टराई

२८ भदौ, बिराटनगर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिराटनगरमा रहेका केही सरकारी कार्यालयका बोर्डमा ‘मधेस सरकार’ लेख्ने अभियान सुरु गरेका छन् ।

गाउँ-गाउँबाट बिराटनगरमा आएका मोर्चाका कार्यकर्ताले बिराटनगरको रोडशेष चोकभन्दा दक्षिणतर्फ रहेका केही कार्यालयमा रंग प्रयोग गरी ‘मधेस सरकार’ लेखेका छन् ।

उनीहरुले क्षेत्रीय सिंचाइ निर्देशनालय, क्षेत्रीय पशु निर्देशनालय, जिल्ला पशु सेवा कार्यालयहरुमा ‘मधेस सरकार’ लेखेका छन् ।

केही दिन अगाडि बिराटनगरको रानी क्षेत्रमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति आएपछि गाउँ गाउँबाटसमेत कार्याकर्ता सहभागी गराउँदै मोर्चाले बिराटनगरमा शक्ति प्रर्दशन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment