Comments Add Comment

जहाँ कलिला केटीहरुलाई चिठ्ठामा थापिन्छ

Brajil-Chaild

ब्राजिलको एक शहरमा कलिला केटीहरुलाई चिठ्ठा कार्यक्रमहरुमा पुरस्कारका रुपमा प्रयोग गर्ने गरिएको पाइएको छ । ब्राजिलको उत्तरपूर्वी शहर इन्क्रुजिहादामा यस्तो घटिया खेल खेलिने गरेको एक स्थानीय सामाजिक संस्थाले उजागर गरेको हो ।

सयौं मानिसहरुले महंगो मूल्यमा उक्त राफल चिठ्ठा खरिद गर्छन् । तीमध्ये विजेताले ११ वर्षदेखि १७ वर्षसम्मका किशोरी उपलब्ध गराइने गरेको समाचारमा जनाइएको छ । शहरको एक स्थानमा साप्ताहिक विङ्गो नाइट्स पनि सञ्चालन हुन्छ, जहाँ बालयौन दूराचारीहरु कलिला केटी हत्याउनका लागि प्रतिस्पर्धा गर्छन् ।

मेनिनाडान्का नामक सामाजिक संस्थाले जनाएअनुसार यस्तो यौनशोषणको विषयमा समाज र प्रहरीसमेत अनभिज्ञ छैन । स्थानीय कानून व्यवसायी माइकल फरियासले प्रतिस्पर्धामा भाग लिन छेउछाउका शहरबाट समेत टन्नै मानिसहरु आउने गरेको जानकारी दिए ।

गिरोहले पुरस्कार थापिएका केटीहरुको संख्याअनुसार टिकट उत्पादन र वितरण गर्छ । टाढा-टाढाका मानिसहरुले पनि टिकट खरिद गर्छन् । यदि कुनै कुमारी केटी भेटिएको खण्डमा टिकटको उच्च मूल्य तोकिन्छ । चिठ्ठा खोल्ने समारोह निकै भव्य हुन्छ, जहाँ सयौं मानिसहरु भिड लाग्छन् ।

Brajil

आउँदो वर्ष आयोजना हुने रियो दि जेनेरियो ओलम्पिकलाई ध्यानमा राख्दै ब्राजिल प्रहरी बाल बेश्यावृत्तिका घटनामा सजग रहँदै आएको छ । ओलम्पिकका क्रममा ६५ लाखभन्दा बढि विदेशी पर्यटकहरु ओइरिने अनुमान गरिएको छ । ४ करोडभन्द्या बढि जनता गरिबीको रेखामुनी रहेको यो देश बाल वेश्यावृत्तीका हकमा विश्वमै दोस्रो मानिन्छ ।

यहाँ करिब ५ लाख बालिकाहरुलाई यौनधन्दामा संलग्न गराइएको अध्ययनहरुले देखाएका छन् । अधिकारकर्मी वार्ली टोरेजनी भन्छिन्-‘यी घटनाहरु हामीलाई नौलो लाग्न छाडिसके । कतिपय ठाउँहरुमा त वेश्यावृत्तिलाई संस्कृतिकै अंगका रुपमा लिइन्छ । बालयौनशोषणका घटनाहरु यहाँका लागि सामान्य हुन् ।’

उनले अघि भने, ‘हाम्रो अनुभवमा, परिवारले नै आफ्ना कलिला छोरीहलाई वेश्यावृत्तिका निम्ति प्रेरित गर्छन् । पुरुषहरु १०-११ वर्षका केटीसँग लुट्पुटिनका लागि टन्नै पैसा खर्च गर्न तयार हुन्छन् । बालिकाहरुसित यौनसम्वन्ध राख्नु अपराधका रुपमा लिने चलनै छैन ।’

उनका अनुसार बालबालिकालाई यौनशोषणबाट जोगाउने दायित्व बोकेका व्यक्तिहरु आफैं यस्ता क्रियाकलापमा संलग्न रहेको पाइन्छ । इन्क्रुजिल्हादामा भएको घटना हाम्रो लागि नौलो होइन । केहिले यसलाई रोक्न प्रयास गर्दा प्रहरी र प्रशासन जस्ता जिम्मेवार निकायले आँखा चिम्लिदिन्छन् ।

ओलम्पिकको पूर्वसन्ध्यामा ब्राजिल पक्कै पनि आफ्नो देशको यस्तो तस्वीर दुनियालाई देखाउन चाहँदैन । तर, देशका अधिकांस ग्रामिण क्षेत्रहरुको कथा यहि हो ।

छिमेकी शहर क्यान्डिडो सेल्सका बालबालिकासम्वन्धी परामर्शदाता फाबियो डायसले किशोरीहरुलाई पुरस्कारमा थापिएको विषयमा आफूहरुले अनुसन्धान गरेको बताएका छन् ।

उनले भने, ‘हामीले सुनेअनुसार चिठ्ठा खोल्नु अगाडी ती किशोरीलाई खेलाडीहरुको अगाडी प्रदर्शनमा राखिन्छ । जसले चिठ्ठा जित्छ त्यहाँ व्यवस्था गरिएको कोठामा तत्कालै केटीलाई लगेर सेक्स गर्छ पाउँछ ।’ यसबारे प्रहरीलाई खबर गर्दा कुनै सुनवाई नभएको उनकोउ गूनासो छ ।

डेलिमेलको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment