Comments Add Comment

राजेश हमालको एक्सन, पुरानो फर्मुलामा नयाँ स्टाइल

rajesh-hamal
नायक राजेश हमाल चलचित्र क्षेत्रमा कमब्याक गर्ने तयारीमा छन् । केही बर्ष भयो राजेश हमालको चलचित्र बजारमा आएका छैनन् । चलचित्र ‘बागमती’बाट राजेश हमाल ‘देश पहिलेको जस्तो नरहेपनि राजेश राजेश नै हो’ भन्ने संवाद बोल्दै फर्किएका छन् ।

दक्षिण भारतीय टिमले तयार पारेको यो चलचित्रको सार्वजनिक टिजरमा राजेश हमाल नै प्राथमिकतामा परेका छन् । दक्षिण भारतीय निर्देशक सन्नी केरलाले यो चलचित्रलाई निर्देशन गरेका हुन् । माघ महिनामा सार्वजनिक प्रदर्शन गर्ने गरि चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

चलचित्रमा शिव श्रेष्ठ, केकी अधिकारी, रविकर प्रसाद घिमिरे, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, कञ्चन ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई दिनेश दर्शनधारी र विजय सत्यालले निर्माण गरेका हुन् ।

पर्दा बाहिरका लोकप्रिय नायक पर्दा भित्र भने असफल छन् । के यो चलचित्रबाट राजेशले पुरानो क्रेज फर्काउलान्, प्रतिक्षा दर्शकले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment