Comments Add Comment

मधेसी मोर्चाद्वारा चार सदस्यीय वार्ता टोली गठन

Madhesi-Morcha-Meeting

१७ असोज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औपचारिक रुपमा सरकार र प्रमुख तीन दलसँग वार्तामा बस्न तयार भएको छ । साथै उनले चार सदस्यीय वार्ता टोली समेत गठन गरेको छ ।

सरकारले पूर्व सर्तहरु पूरा गर्दै समानुपातिक समावेशी र निर्वाचन क्षेत्र सम्वन्धी माग सम्बोधन गर्न संविधान संशोधन गर्ने निर्णय गरेपछि मधेसी मोर्चालाई औपचारिक वार्तामा बस्न चौतफी दबाव परेको थियो ।

मधेसी मोर्चाको आइतबार राजधानीमा बसेको बैठकले सीमा नाकामा धर्नासहितका आन्दोलन जारी राख्दै वार्ता गर्न टोली बनाएको हो । ‘परिणाममुखी वार्ताका लागि ठोस प्रस्तावसहित आउन सरकार र तीन दललाई आग्रह गरेका छौं’ मोर्चामा आवद्ध तमसपाका वरिष्ठ नेता रामनरेश यादवले अनलाइनखबरसँग भने-‘वार्ताको नाममा लिङगरिङ नहोस् । हामी परिणाममुखी वार्ता चाहन्छौं ।’

वार्ता टोलीमा सदभावनाका लक्ष्मणलाल कर्ण, तमलोपाका सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादी फोरमका लालबाबु राउत र तमसपाका रामरनेश राय छन् ।

सीमा नाकामा धर्ना जारी राख्ने 

मधेसी मोर्चाको बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले दलहरुबीच भएको अनौपचारिक वार्ताबारे जानकारी गराएका थिए । अधिकांश माग सम्बोधन हुने भएपनि सीमांकनमा ठोस प्रस्ताव नआएको र तीन दलको वार्ता टोलीले मधेसी मोर्चाको बटमलाइन मागेको उनले बैठकमा सुनाए ।

मधेसी मोर्चाको बैठकले राजमार्ग केन्द्रीत प्रदर्शन र सीमा नाकाहरुमा दिँदै आएको धर्नालाई जारी राख्ने निर्णय गरेको छ । प्रदेशहरुको सीमांकनमा सहमति भएसम्म यो आन्दोलन जारी राख्ने मोर्चाले बताएको छ ।

बैठकले तराई मधेसमा आन्दोलनरत पक्षसँग मोर्चावन्दी र कार्यगत एकताका लागि भइरहेको वार्ता र छलफललाई जारी राख्ने निर्णय समेत गरेको छ ।

Madhesi-Morcha-statement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment