Comments Add Comment

अपडेट : गुल्मीमा बस दुर्घटना, ५ को मृत्यु

Gulmi-Accident

अनिल खत्री
१८ असोज, तम्घास । गुल्मीको सदरमुकाम तम्घास नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बिहान ८ बजे बुटवलबाट जिल्लाको सदरमुकाम तम्घास आउँदै गरेको लु १ ख ४१६१ नम्बरको बस दिउँसो सदरमुकाम नजिकै रेसुङ्गा नगरपालिको उर्लेनीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा रेसुङ्गा नगरपालिका ६ का ४५ वर्षीय रोहित मरासिनी, रेसुङ्गा नगरपालिका ८ का ३३ वर्षीय करण चुदारा, रेसुङ्गा नगरपालिका १५ की ५० वर्षीया भिमकुमारी श्रीष, रेसुङ्गा नगरपालिका १५ कै तामबहादुर सुनार र अलाङ्गकोट ६ की ५ वर्षीया सिजन परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Gulmi-ma-Accident
दुर्घटनास्थलमा मानिसहरुको भिड

दुुर्घटनामा बस चालकसहित दुई दर्जनभन्दा बढी घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेहरुमा भनभने ५ का कमल पन्थी, रेसुङ्गा नगरपालिका १४ का रिखबहादुर घर्ती, मुसिकोट ६ की माया परियार, जुभुङ्ग ४ का कृष्ण बलाल, अर्लाङ्कोट ६ की पुष्पा परियार, पाल्पाका सन्तोष गैरे, रेसुङ्गा नगरपालिका १५ का कुमार सुनार, हर्दिनेटा ५ की दिपा अर्याल र बलिथुम ४ का जनकबहादुर घर्ती रहेका छन् ।

यसैगरी बलेटक्सार ७ की पार्वती ज्ञवाली, कपिलबस्तुका बिष्णु भण्डारी, रेसुङ्गा नगरपालिका १२ का भिमबहादुर बस्नेत, नवलपरासीकी राधा ढकाल, रेसुङ्गा नगरपालिका ३ की सुमित्रा कुवँर, हर्दिनेटा ५ की सगीता पन्थ, पाल्पाका बस चालक श्रीधर पाण्डे, रेसुङ्गा ८ की कमला चुदारा, जुभुङ ४ का सुमन दर्लामी पनि घाइते भएका छन् ।

घाइते हुने अन्यमा रेसुङ्गा १३ का दिपक पाण्डे, सिर्सेनी ४ का अनुष घर्ती, बलेटक्सार ७ की मनिषा ज्ञवाली, बिरवास ७ का ओमबहादुर रजाली, रेसुङ्गा नगरपालिका २ का नवराज सुवेदी र पाल्पा कचल ३ का रिमबहादुर दर्लामी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्ये १० जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरुलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार गरी थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । गम्भीर घाइतेहरु अधिकाशंको टाउको र छातीमा चोट लागेको छ ।

बस सडकबाट करिब ५० मिटर तल खसेर भिरमा रुखमा अड्किएको छ । बस तिब्र गतिका कारण दुर्घटनामा परेको सामान्य घाइतेहरुले बताएका छन् । बस दुर्घटनास्थल सदरमुकाम तम्घासबाट ७ किलोमिटरको दुरीमा छ । घाइतेहरुकोे सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले उद्धार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment