+
+

गुण नियन्त्रण विभागले साढे ३ सय जागिर खुलाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २३ गते १२:५६

२३ कात्तिक, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्तीमा ३ सय ६५ जना कर्मचारी थप गर्न दरबन्दी स्वीकृतिका लागि वाणिज्य मन्त्रामलयसँग प्रस्ताब गरेको छ ।

Khadhya Parbidhi Bivag२३ वर्षदेखि कर्मचारी नथप्दा जनशक्तिको अभावमा प्रभावकारीरुपमा काम गर्न नसकेकाले दरबन्दी थप्न माग गरिएको विभागका महानिर्देशक सञ्जीबकुमार कर्णले जानकारी दिए ।

‘अहिले विभागमा २ सय ४१ कर्मचारी छन । विभागलाई १४ सय कर्मचारी चाहिएको छ ।’ महानिर्देशक कर्णले भने – ‘तर, तत्कालका लागि ६ सय ६ जना बनाउनुपर्ने प्रस्ताब मन्त्रालयमा पठाएका छौं ।’

मन्त्रालयबाट स्वीकृत भएलगतै लोकसेवा आयोगबाट दरबन्दी स्वीकृत गराई कर्मचारी भर्ती गर्न थालिने उनले बताए ।

‘२०५२ सालको दरबन्दीअनुसार नै अहिलेको परिस्थितिमा पनि काम गर्नुपर्दा हामीले प्रभावकारी काम गर्न सकिरहेका छैनौं’ कर्णले भने ।

पहिलो चरणकोरुपमा विद्यमान ११ स्थानको संरचना ४३ स्थानमा विस्तार गगर्ने कार्ययोजना रहेको कर्णले बताए । संघीय नेपालको संविधान २०७२ जारी भइसकेकाले संघीय संरचनाअनुरुप विभागको संरचना र दरबन्दी थप गर्ने पनि गृहकार्य भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?