Comments Add Comment

अमेरिकामा नेपाली युवकको हत्या अभियोगमा दुई जना पक्राउ

Kamron-Campbell-and-Le'Sean-Foucha

२८ कात्तिक, काठमाडौं । न्यूयोर्कको रोचेस्टरमा केही समय अघि भएको नेपाली युवकको हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

गत जुलाई १९ मा नेपाली नागरिक जीत गुरुङको हत्या भएको थियो । कारमा रहेका उनलाई आक्रमण गरेर लुटपाट गरिएकोे थियो । केही समयपछि रोचेस्टर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

घटना भएको चार महिनापछि जीतको हत्या आरोपमा १६ वर्षका कमरोन कामबेल र १४ वर्षका खालियो नेल्सनलाई पक्राउ गरेको छ ।

गुरुङको परिवारका प्रवक्ता विल विसमायरले जीतमाथिको आक्रमण रोचेस्टरमा बस्दै आएका नेपालीहरुमाथि भएको अपराधको सुरुवात भएको बताएका छन् ।

जितको परिवार अमेरिकामा राम्रो जीवनका लागि आएको तर, यो आक्रमणका कारण अब झन् खराव अवस्थामा पुगेको उनले बताए ।

रोचेष्टर प्रहरी डिपार्टमेन्टका फ्राङ्क अम्ब्रिनोले जीत वास्तविक पीडित भएको बताए । उनी काम सकेर घर जान कार रोकिरहेको अवस्थामा थिए, उनले भने, यो दुःखद घटनाले उनको परिवारलाई नराम्रो असर गरेको छ ।’

प्रहरी हत्या आरोपमा उनीहरुलाई रोचेष्टर सिटी कार्टमा उपस्थित गराएको छ । तर, दुबैका वकीलले भने उनीहरु निर्दोष भएको दाबी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment