Comments Add Comment

गृहले सप्तरीका सीडीओलाई फिर्ता बोलायो

६ मंसिर, काठमाडौं । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरलाई फिर्ता बोलाएको छ । सप्तरीमा प्रहरीसँग भएको झडपमा एकै दिन तीन जनाको मृत्यु भएपछि गृहले प्रजिअलाई फिर्ता बोलाएको हो ।

सुरक्षा निकायबीच समन्वय गर्न नसकेको तथा कार्यक्षमताको अभाव देखिएको भन्दै उनलाई फिर्ता बोलाइएको गहृ मन्त्रालय स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment