Comments Add Comment

प्रहरी ज्यादतीविरुद्ध सप्तरीका स्वास्थ्य संस्थाहरु बन्द

७ मंसिर, सप्तरी । प्रहरीले अस्पतालभत्रै प्रवेश गरेर स्वास्थ्यकर्मी तथा चिकित्सकलाई कुटपिट गरेको बिरोधमा स्वाथ्यकर्मीहरुले जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था बन्द गरेका छन् ।

प्रहरीको टोलीले आइतबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालभित्र प्रवेश गरी सात जना चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि लाठी प्रहार गरेका थिए ।

जिल्लाका स्वास्थ्यकर्मी संगठन, कर्मचारी संगठनहरुले सोमबार राजविराजमा संयुक्त पत्रकार सम्मेलन गर्दै सम्पूर्ण स्वास्थ्य संस्था तथा सम्पूर्ण सरकारी कार्यालय बन्द गरिएको बताएका छन् । अस्पतालभित्रै पसेर प्रहरीले कुटपिट गरेको कार्यप्रति भत्र्सना गर्दै उनीहरुले तीनबुँदे माग अघि सार्दै कार्यालय र स्वास्थ्य संस्थाहरु बन्द गरी आन्दोलनमा उत्रेका छन् ।

सप्तरीका एसपी, डिएसपी, सशस्त्र प्रहरीका एसपीलाई तत्कालै निलम्बन गर्नुपर्ने, सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र घाइतेहरुको उपचार तथा क्षतिपूर्तिको व्यवस्था नगरिएसम्म कार्यालय र स्वास्थ्य संस्थाहरु नखुल्ने संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ ।

सगरमाथा अंचल अस्पतालको हकमा अस्पताल प्राङ्गणभित्रै पाल टाँगेर आकस्मिक सेवा दिइएको छ ।

चिकित्सक संघ, अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, नेपाल स्वास्थ्यकर्मी यूनियन, सिएमए संघ, नेपाल निजामति कर्मचारी यूनियन, कर्मचारी मंच, गाविस सचिव हकहित संरक्षण मञ्चसहितका २२ वटा संगठनका पदाधिकारीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment