Comments Add Comment

दिल्लीपछि युरोप जान्छौंः तमलोपा महामन्त्री सोनल

jitendra sonal (2)

सुभाषप्रसाद साह

२० मंसिर, कलैया । तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले मधेसी मोर्चाका नेताहरु दिल्लीपछि युरोप जाने बताएका छन् ।

आइतबार बाराको सदरमुकाम कलैयामा सञ्चारकर्मीहरुसाग कुरा गर्दै सोनलले मधेसी मोर्चाका नेताहरु मधेस आन्दोलनमा अन्तराष्ट्रिय शक्तिको समर्थन जुटाउन भारत गएको बताएका छन् ।

‘चार महिनादेखि मधेसमा जारी आन्दोलनबारे भारतीय सत्ता र प्रतिपक्षी नेताहरु बीचमा फरक-फरक मत सार्वजनिक भएको छ’ महामन्त्री सोनलले भने-मधेस आन्दोलनमा समर्थन जुटाउन नेताहरुले कुराकानी गर्नुहुन्छ ।’

दिल्ला भ्रमण पछि मधेसी मोर्चाको अर्को टोली युरोपतिर जानेे उनले बताए । नेपालका प्रमुख दलसहित सत्ता पक्षले मधेसी मोर्चाको माग र आन्दोलनबारे अन्तर्राष्ट्रिय स्तरमा भ्रम सृजना गरेको उनको आरोप छ ।

तमलोपा महामन्त्री सोनलले सत्तापक्षले भने जस्तो मधेस आन्दोलन रोकिने सम्भावना नरहेको बताए ।

राजनीति समिति वा उच्चस्तरीय आयोग गठन गरेर तीन महिनामा संघीय प्रदेशको सीमांकन हेरफेर गर्ने प्रस्ताव मधेसी मोर्चालाई स्वीकार नभएको उनले बताए । उनले भने-‘उधारोमा कुनै किसिमको सहमति गरेर जारी मधेस आन्दोलन रोकिादैन । मधेसी मोर्चाले अघि सारेको ११ बुन्दे मागको सम्बोधन नभएसम्म नाकाबन्दी सहितको आन्दोलन कुनै हालतमा रोकिदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment