Comments Add Comment

सिन्धुपाल्चोकका ६१ हजार भूकम्पपीडित परिवार नयाँ घरमा

७ चैत, सिन्धुपाल्चोक । विनाशकारी भूकम्प गएको ३ वर्ष बित्नै लाग्दा सिन्धुपाल्चोकमा निजी आवस निर्माणले तीव्रता पाएको छ । पुनर्निर्माण प्राधिकरणले समयसीमा तोकेर नै लाभग्राहीहरुलाई अनुदान उपलब्ध गराउने भएपछि ६१ हजार पीडितले घर बनाएका छन् ।

सिन्धुपाल्चोकमा ८७ हजार ८ सय २८ पीडित पहिचान भएका छन् । जसमध्ये ६१ हजार ८ सय ४० लाभग्राहीले तेस्रो अथवा अन्तिम किस्ताबापतको रकम बुझेका हुन् ।

प्राधिकरणले अन्तिम किस्ताबापतको अनुदान रकम दिने सूचना यसअघि नै जारी गरिसकेको छ । समयसीमा तोकेपछि लाभग्राहीले घर निर्माणलाई तीव्र बनाएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला अयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का अधिकारीहरु तोकेको समयसीमाभित्रै निजी आवास निर्माण सक्नेगरी अघि बढेको बताउँछन् ।

८७ हजार ८ सय २८ लाभग्राहीमध्ये ८५ हजार ३ सय ७० लाभग्राहीले पहिलो किस्ताबापतको ५० हजार अनुदान लिएकाथिए । पहिलो किस्ताको लिएको अनुदानको अनुपात हेर्दा अब जम्मा ६ हजार लाभग्राहीले मात्रै घर निर्माण सुरु गरेका छैनन् । ७९ हजार ३ सय १७ लाभग्राहीले दोस्रो किस्ताबापतको अनुदान लगिसकेका छन् । धेरै लाभग्राहीहरुले तेस्रो किस्ताका लागि कागजपत्र बुझाएकाले केहीदिन पछि यो संख्या अझै बढ्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनका प्रमुख इन्जिनियर सन्तोषकुमार निरौलाले जानकारी दिए ।

 मेलम्चीको पुनर्निर्माण रफ्तारमा, मेलम्चीमा सुस्तता

जिल्लाका १२ स्थानीय तहमध्ये बलेफी गाउँपालिकाको पुननिर्माण अन्तिम अवस्थामा पुगेको छ । ६ हजार ४३ कुल लाभग्राहीमध्ये ५ हजार ८५५ ले पहिलो किस्ताको अनुदान लिएको थिए । पहिलो किस्ताको अनुदान लिनेमध्ये घर निर्माण सकेर ५ हजार ४१ लभग्राहीले अन्तिम किस्ताको अनुदानलिएका छन् ।

बलेफी गाउँपालिकामा अब ८ सय १४ घर मात्रै निर्माण हुन बाँकी रहेको तथ्यांकले देखाएको छ ।

मेलम्ची नगरपालिकामा भने पुनर्निर्माण एकदमै सुस्त देखिएको छ । १३ हजार ३७४ पहिचान भएका लाभग्राहीमध्ये १२ हजार ८२५ ले पहिलो किस्ता बापतको अनुदान लिएका थिए । तीमध्ये जम्मा ८ हजार ४ सय ८६ ले मात्रै घर निर्माण सकेर अन्तिम किस्ता लिएका छन् ।

त्यस्तै, भोटेकोशी गाउँपालिकामा २ हजार ३ सय ८४ घर निर्माण हुन बाँकी छ । बाह्रबीसे नगरपालिकामा १८ सय ८५, चौतारा साँगाचोकगढी नगरपालिका १५ सय ७८, हेलम्बु गाउँपालिका १३ ७४, इन्द्रावती गाउँपालिका २ हजार ६९, जुगल गाउँपालिका १२ सय ८४ लाभग्राहीको घर निर्माण हुन बाँकी छ । त्यस्तै, लिसंखुपाखर गाउँपालिका १९ सय ५८, पाँचपोखरी थाङपालगाउँपालिका १९ सय ९५, सुनकोशी गाउँपालिकामा ८ सय ५१ र त्रिपुरासुन्दरी गाउँपालिकामा ९ सय ५८ घर निर्माण हुन बाँकी छन् ।

चैत १५ देखि पुनः सर्वेक्षण

पुनर्निर्माण प्राधिकरणले एकपटक लाभग्राहीहरुको पुनःपहिचानको लागि गाउँ गाउँमा प्राविधीक खटाउने भएको छ । गुनासो सम्बोधन र विभिन्न कारणले छुट भएका लाभग्राहीहरुलाई अन्तिम मौका दिन प्राविधिक टोली सर्वेक्षणमा जान लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment