+
+
Shares

आज चार वटा संसदीय समितिको बैठक बस्दै

संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते ७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ।
  • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बिहान १० बजे पर्यटन विधेयक २०८१ सम्बन्धमा क्यासिनो व्यवसायीहरूसँग छलफल गर्ने कार्यसूची छ।
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भएको क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे मन्त्रालयसँग छलफल गर्नेछ।

३० भदौ, काठमाडौं । आज चार वटा विभिन्न संसदीय समितिको बैठक बस्दै छ ।

संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल गर्ने कार्यसूची छ ।

यसैगरी बिहान ८ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय एवं भौतिक क्षति, उद्धार, राहत, पुनर्स्थापना एवं पुनर्निर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका एवं भइरहेका कार्य, त्यस्ता कार्यसम्पादनका क्रममा देखा परेका समस्या तथा चुनौती र आगामी दिनमा यस सम्बन्धमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका सम्बन्धमा छलफल हुने कार्यसूची छ । छलफलका लागि मन्त्री, मन्त्रालयका सचिव लगायतले बोलाएको छ ।

यसैगरी बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ को प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ ।

यसैगरी दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?