News Summary
Generated by OK AI. Editorially reviewed.- आज काठमाडौंमा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार, र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ।
- उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बिहान १० बजे उपसमिति गठनलगायत विषयमा छलफल गर्ने कार्यसूची राखेको छ।
- कृषि तथा प्राकृतिक स्रोत समितिले जलवायुजन्य विपद्को कृषि क्षेत्रमा परेको असर र जलवायु अनुकूलन तथा न्यायका पहलबारे छलफल गर्नेछ।
२५ भदौ, काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।
संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो ।
बिहीबार १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको उपसमिति गठन लगायत विविध पक्षमा छलफल हुने कार्यसूची छ ।
यसैगरी बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकारी समितिको बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजना सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनायसँग छलफल गर्ने कार्यसूची छ । छलफलका लागि समितिले कानुनमन्त्री, मन्त्रालयका सचिव र महानिर्देशकलाई बोलाएको छ ।
यसैगरी बिहान साढे ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलवायुजन्य विपद्का कारण कृषि तथा प्राकृतिक स्रोतमा परेको असर र जलवायु अनुकूलन तथा जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलहरू सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । छलफलका लागि समितिले कृषिमन्त्री, मन्त्रालयका सचिव र सम्बन्धित वातावरण विज्ञहरूलाई बोलाएको छ ।
प्रतिक्रिया 4