+
+
Shares

उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे संसदीय समितिमा छलफल हुने

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले उपत्यकाको फोहोरमैला व्यवस्थापन सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १७:५०

९ भदौ, काठमाडौं । उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ ।

पछिल्लो समय यो विषयमा सार्वजनिक रूपमासमेत प्रश्न उठिरहेको छ ।

यहीबेला प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले उपत्यकाको फोहोरमैला व्यवस्थापन सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरेको हो ।

समितिको बैठक यही ११ गते बिहीबार बस्नेछ ।

समिति सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकमा संघीय सरकार र स्थानीय सरकारका प्रतिनिधिहरूलाई बोलाइएको छ ।

पूर्वाधार विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र लगानी बोर्डको कार्यालयलाई छलफलमा बोलाइएको छ ।

काठमाडौं उपत्यकाले लामो समयदेखि फोहोरलाई स्रोतमा घटाउने, छुट्याउने, पुन:प्रयोग/पुनर्चक्रण गर्नेभन्दा जम्मा गरेर ल्याण्डफिलमा लैजाने मोडल अपनाउँदै आएको छ ।

सिसडोलपछि बञ्चरेडाँडा ल्यान्डफिल साइटलाई दीर्घकालीन समाधानका रूपमा अघि सारिएको छ । तर, अहिले बञ्चरेडाँडामै समस्या देखिन थालेको छ ।

२० वर्षका लागि बनाइएको भनिएको ल्यान्डफिल साइड चार वर्षमै भरिने अवस्था आएपछि यो विषयमा प्रश्न उठेको छ ।

यी लगायतका विषयमा संसदीय समितिले संघीय सरकार र स्थानीय सरकारका प्रतिनिधिलाई एकै ठाउँमा राखेर छलफल गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?