News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ समितिको बैठकमा रसुवाको भोटेकोशी बाढीपछि भएको उद्धार, राहत, पुनर्स्थापना र आर्थिक प्रभावबारे छलफल हुने कार्यसूची छ।
- उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे छलफल हुने भएको छ।
- दुवै समितिले सम्बन्धित मन्त्री र सरकारी निकायका प्रतिनिधिलाई छलफलका लागि बोलाएका छन्।
२४ भदौ, काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।
संसद् सचिवालयका अनुसार अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको हो ।
आज बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले हालसम्म गरेका उद्दार, राहत वितरण तथा पुनर्स्थापनाका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल गर्ने कार्यसूची छ ।
यसैगरी विपद्बाट समग्र अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल तथा विपद्पछिको क्षति र प्रभावको मूल्यांकनका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ ।
आजै बिहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
छलफलका लागि समितिले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र मन्त्रालयका सचिवलाई बोलाएको छ ।
प्रतिक्रिया 4