+
+
Shares

अदालतका फैसलाहरू कार्यान्वयनबारे छलफल गर्दै संसदीय समिति

प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले यो विषयमा छलफल गर्नेगरी बैठक राखेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १६:४९

९ भदौ, काठमाडौं । संसदीय समिति अदालतका फैसलाहरू कार्यान्वयनबारे छलफल गर्ने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले यो विषयमा छलफल गर्नेगरी बैठक राखेको हो ।

समितिको बैठक यही ११ गते बिहीबार बस्नेछ ।

समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजना सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनालयसँग छलफल गर्ने कार्यसूची छ ।

उक्त बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, मन्त्रालयका सचिव र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक आमन्त्रित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?