+
+
Shares

संसदीय समितिका बैठकहरू स्थगित

 संसदीय समितिका बैठकहरू स्थगित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको विनाशकारी बाढीपछि सांसदहरू खोज र उद्धारमा सक्रिय हुनुपरेका कारण संसदीय समितिका बैठकहरू स्थगित भएका छन् ।
  • कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ ।
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि स्थगित भएको छ ।

११ भदौ, काठमाडौं । संसदीय समितिका बैठकहरू स्थगित भएको छ ।

बिहीबार बिहान १० बजे बस्ते तय भएको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित भएको छ ।

दिउँसो १२ बजे बस्ने गरी तय भएको पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ ।

रसुवामा गएको विनाशकारी बाढीपछि सांसदहरू सम्बन्धित क्षेत्रमा खोज र उद्धारमा सक्रिय हुनु परेका कारण संसदीय समितिका बैठक स्थगित गरिएको जनाइएको छ ।

बिहान १० बजे बस्ने तय भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ ।

यसैगरी, बिहान साढे ११ बजे बस्ने गरी तय भएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?