News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, कृषि तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बिहान ११ बजे पर्यटन विधेयक, २०८१ बारे सरोकारवाला निकायसँग छलफल गर्नेछ ।
- विधायन व्यवस्थापन समितिले दिउँसो १ बजे संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची राखेको छ ।
- सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले दिउँसो २ बजे विज्ञ धनप्रसाद लामिछानेसँग खर्क नीति सम्बन्धमा छलफल गर्नेछ ।
८ भदौ, काठमाडौं । विभिन्न पाँचवटा संसदीय समितिको बैठक आज बस्दैछ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
संसद् सचिवालयको सूचना अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक साढे ९ बजे, पूर्वाधार विकास समितिको बैठक १० बजे, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा “पर्यटन विधेयक, २०८१” सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायत सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची छ ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ ।
यसैगरी पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारीका बारेमा छलफल हुने कार्यसूची छ । जसका लागि समितिले लगानी बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल-इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका प्रतिनिधिहरूलाई आमन्त्रित गरेको छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ । छलफलका लागि समितिले कृषिमन्त्री, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई बोलाएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विज्ञ धनप्रसाद लामिछानेसँग खर्क नीति सम्बन्धमा छलफल हुने कार्यसूची छ । जसका लागि समितिले विज्ञ लामिछानेलाई बैठकमा आमन्त्रित समेत गरेको छ ।
प्रतिक्रिया 4