+
+
Shares

चिनीको मूल्य प्रतिकिलो १२० पुग्यो, छलफलै नगरी संसद्को उपभोक्ता समितिको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १०:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनीको सहज आपूर्तिका विषयमा छलफल गर्न आजका लागि बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक स्थगित भएको छ ।
  • समितिले विशेष कारणवश बैठक स्थगित भएको जनाएको छ जसमा मन्त्री गौरी कुमारी र मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई आमन्त्रित गरिएको थियो ।
  • हाल खुद्रा बजारमा चिनीको मूल्य बढेर प्रतिकिलो १ सय २० रुपैयाँसम्म पुगेपछि उपभोक्ता मारमा परेका छन् ।

१ भदौ, काठमाडौं । चिनीको सहज आपूर्तिका सम्बन्धमा छलफल गर्ने गरी तय भएको संसदीय समितिको बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभा अन्तर्गत्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यो विषयमा छलफल गर्न आज बिहान १० बजे बैठक राखेको थियो ।

जहाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी आमन्त्रित थिए । संसदीय समितिका समिति सदस्यहरूका अलावा चिनीको सहज आपूर्तिसँग सम्बन्धित  सरोकारवालाहरू पनि रहने भनिएको थियो ।

तर विशेष कारणवश स्थगित भएको भनेर समिति सचिवालयले सूचना निकालेको छ ।

पछिल्लो समयमा चिनी मूल्यवृद्धि भएको छ । यसप्रति उद्योगी र व्यापारी आरोप–प्रत्यारोपमा रहेका छन् । तर मूल्यवृद्धिले उपभोक्ता मारमा परेका छन् । खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ रहेको चिनीको मूल्य १ सय २० सम्म पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?