+
+
Shares

पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते ६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाअन्तर्गतका विभिन्न पाँचवटा संसदीय समितिको बैठक आज विभिन्न कार्यसूचीमा छलफल गर्न बस्दै छ ।
  • कृषि तथा प्राकृतिक स्रोत समितिले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी कार्यदलको प्रतिवेदनमाथि कृषिमन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची तय गरेको छ ।
  • पूर्वाधार विकास समितिले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले भोग्नुपरेका विविध समस्याहरूबारे जानकारी लिने निर्णय गरेको छ ।

२ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ५ वटा संसदीय समितिको बैठक आज बस्दै छ ।

कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

मंगलबार बिहान साढे ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन माथि छलफल हुने कार्यसूची छ । छलफलमा उठेका विषयवस्तुमाथि जवाफ  दिन समितिले कृषिमन्त्री, मन्त्रालयका सचिवलगायतलाई डाकेको छ ।

यस्तै बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र यसले भोग्नुपरेका समस्याहरूबारे छलफल गर्ने कार्यसूची छ ।

यस्तै बिहान साढे १० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकन लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची छ ।

यसैगरी बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने लगायत विविध विषयमा छलफल हुने कार्यसूची छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?