+
+
Shares

संसदीय समितिमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ

संसदीय समितिमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले मर्यादित भाषा प्रयोग गर्न सांसदहरूलाई रुलिङ गरेकी छन् ।
  • सभापति बास्कोटाले समितिमा बोलिने भाषाप्रति सचेत र संवेदनशील हुन माननीय सदस्यहरू तथा आमन्त्रित व्यक्तित्वहरूमा हार्दिक अनुरोध गरेकी छन् ।
  • बैठकमा कारागार र बाल सुधार गृहको अवस्थाबारे तयार पारिएको प्रतिवेदन २०८३ माथि छलफल र सुझाव संकलन गर्ने कार्यसूची रहेको छ ।

२९ साउन, काठमाडौं । संसदीय समितिमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सभापति समीक्षा बास्कोटाले यस्तो रुलिङ गरेकी हुन् ।

‘समितिमा हामीले आमन्त्रित गर्ने व्यक्तिहरू कुनै न कुनै संगठनका प्रमुख, कुनै न कुनै मन्त्रालयदेखि लिएर निकायका प्रमुख रहेर काम गरिरहनु भएको स्थिति भएकोले हामीले यहाँनेरी बोलिने भाषा, हामीले प्रयोग गरिने शब्द र हामीले प्रयोग गर्ने व्यवहार यो सम्पूर्ण आम नागरिकले पनि हेरिराख्नु भएको हुन्छ,’ सभापति बास्कोटाले भनिन, ‘यो हिसाबले समितिमा बोल्ने विषयमा विषयान्तर नभइकन र हामीले प्रयोग गर्ने भाषामा पनि त्यत्तिकै सचेत र संवेदनशील भएर विषय उठान गर्दिनुहुन्छ भनेर माननीय सदस्यहरू र आमन्त्रित सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु।’

पछिल्लो समयमा कतिपय सांसदहरूले आमन्त्रित व्यक्तिमाथि तिखो टिप्पणी गर्नेक्रम बढेको छ । यसलाई ख्याल गर्दै संसदीय समितिकि सभापति बास्कोटाले आफ्नो समितिमा मर्यादित भाषा प्रयोग गर्न भनेकी हुन् ।

आज कानुन न्याय तथा मानव अधिकार समितिमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ उपर छलफल र सुझाव संकलन गर्ने कार्यसूची छ ।

बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन २०८३ पारित गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?