News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आगामी मंसिर अघि नै १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
- शर्माले गगन थापालाई ७१ प्रतिशत मतसहित सभापति बनाउन आफू प्रतिबद्ध रहेको घोषणा गरेका छन् ।
- उनले पार्टीभित्रको असन्तुष्ट पक्षको भेलालाई दोस्रो निन्दा सम्मेलनको संज्ञा दिँदै त्यसले पार्टीलाई सहयोग नपुग्ने उल्लेख गरे ।
२९ साउन, काठमाडौं। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जसरी पनि मंसिर अघि नै १५ औं महाधिवेशन गर्ने त्यसबाट गगन थापालाई ७१ प्रतिशत मत ल्याए र सभापति बनाउने घोषणा गरेका छन्।
पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै शर्माले जुनसुकै प्रतिकूलताकाबीच पनि मिलाएर महाधिवेशन गर्नैपर्ने बताए।
‘१५ औं महाधिवेशन मंसिर अघि नै गर्नुछ । ५१ प्रतिशत होइन अब ७१ प्रतिशत मत ल्याएर गगन थापालाई सभापति बनाउ प्रतिबद्ध छौं’ उनले भने।
उनले असन्तुष्ट समूहले गरेको भेला दोस्रो निन्दा सम्मेलन जस्तो भएको टिप्पणी गरे । यसअघि बीपी स्मृति दिवसको अवसरमा कांग्रेसको संस्थापन पक्षलाई असन्तुष्टहरूले विभिन्न टिकाटिप्पणी गरेका थिए। त्यसैले अहिलेको भेला पनि त्यस्तै टिकाटिप्पणी गर्ने निन्दा सम्मेलन बन्दा पार्टीका लागि सहयोग नपुग्ने बताए।
प्रतिक्रिया 4