News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले नवग्रह निशान पूजा र गणेश चतुर्थीको अवसरमा आज गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ।
- गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालका अनुसार आज सम्पूर्ण कार्यालय, वडा कार्यालय, विषयगत शाखा, शिक्षण संस्था र सार्वजनिक संघसंस्था बन्द रहनेछन्।
३० भदौ, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै आज गाउँपालिकाभर सार्वजनिक बिदा दिने जनाएको हो ।
नेपालीहरूको आस्थाको धरोहरका रूपमा रहेको नवग्रह मन्दिरमा आयोजना हुने विशेष नवग्रह निशान पूजा र गणेश चतुर्थीको अवसर पारेर बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए ।
उनका अनुसार आज गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, विषयगत शाखा, शिक्षण संस्था तथा सार्वजनिक संघसंस्था बन्द रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4