३० भदौ, काठमाडौं । ‘ग्लोब युथ पार्लियमेन्ट’का संस्थापक एवं युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन् ।
उनेपामा प्रवेश गरेका अर्याललाई उनेपामा प्रवेश गरेसँगै उनलाई महासचिवको जिम्मेवारी दिइएको सचिव नरबहादुर कार्कीले जानकारी दिए ।
अर्यालको नियुक्तिसँगै उनेपामा अब दुई महासचिव रहने भएका छन् । उनेपाका अध्यक्ष कुलमान घिसिङले धर्म चौधरीलाई यसअघि नै महासचिव बनाएका थिए ।
अर्यालसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद चटौत, विष्णु पराजुली, दुर्गा अर्याल लगायत उनेपामा प्रवेश गरेका छन् । उनीहरु पनि दिवाकरकै टिमका व्यक्तिहरु हुन् ।
दिवाकरकै नेतृत्वमा ‘ग्लोबल युथ पार्लियामेन्ट’ स्थापना भएको थियो । ८० बढी देशका २१ सयभन्दा बढी युवा जोडिएका छन् । तीमध्ये ८० देशका १००० बढी युवालाई नेपाल भ्रमण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4